अमेरिका-नेपाल टी-२० क्रिकेट, नेपाललाई १५७ रनको लक्ष्य
०५ कार्त्तिक, २०८१, सोमबार
- डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।
काठमाडौँ । अमेरिका र नेपालबिच जारी तीन खेलको टी-२० सिरिजको अन्तिम खेलमा नेपाललाई अमेरिकाले १ सय ५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए ।
यो सिरिज भने यसअघिनै नेपालले जितिसकको छ । लगातार दुई खेलमा जित निकालेको नेपालले रोमाञ्चक दोस्रो खेलमा सुपर ओभरमा जित निकालेको थियो । सिरिजको पहिलो खेल १७ रनले जितेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।